१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डको शपथ आज, केहि मन्त्री पनि नियुक्त हुँदै



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार शपथ लिँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ ।सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *