७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट हिँडे



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।

देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो ।

त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने भ्याएनन् ।

देउवाले पहिलो कार्यकालमा आफैं प्रधानमन्त्री हुने अडान नछाडे पछि प्रचण्ड कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *