१७ जेष्ठ २०८०, बुधबार | May 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजा ज्ञानेद्रलाई भेटेपछि रवीन्द्रले भने- राजसंस्था पुनर्स्थापनामा सबै शक्ति सहमत हुनुपर्छ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पुनर्स्थापनामा सबै शक्ति सहमत हुनुपर्ने बताएका छन् ।

बिहीबार (आज) पूर्वराजा ज्ञानेद्र शाहलाई भेटेपछि उनले भनेका छन्, ‘राजाको दीर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु ।’

उनले यही नै नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दीर्घकालीन हितमा हुने जिकिर गरेका छन् ।

उपाध्यक्ष मिश्रले स्वार्थकेकेन्द्रित र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित/अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिएको तर्क गरेका छन् । ‘त्यो पनि राजतन्त्रको निरंकुशताको अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिविपरीत गएर,’ उनले भनेका छन् ।

उनले १५ वर्षपछि राजालाई भेटेको कुरा फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *