३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्यालेन्टाइन डेको ‘वार्मअप’ सात दिनअघि नै सुरु, कुन दिन के गर्ने?



काठमाडौं। प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’। आधुनिकतासँगै युवायुवतीहरूको यो दिवसप्रतिको मोह बढेको छ। खसगरी प्रेम जोडीहरूको लागि यो उत्सव हो। जहाँ उनीहरू प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन्।

अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै ५ दिन बाँकी छ। यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ। ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रूपमा मनाइन्छ।

अर्थात् यसरी बुझौँ, १४ फेब्रुअरीको उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ। अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ।

हिजो मंगलबारबाटै प्रेम सप्ताह सप्ताह सुरु भइसकेको छ। यससँगै विभिन्न पार्कहरू, रेस्टुरेन्ट, क्लबहरूमा मायालु जोडीहरूको भीड बढ्न थालेको छ।

फेब्रुअरी ७
यो दिनलाई रोज डे भनिन्छ। अर्थात् उपहार स्वरूप गुलाबको फूल दिन दिने। आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब। खास गरी रातो गाढा रङ्गको गुलाब उपहारमा दिइन्छ।

फेब्रुअरी ८

प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन। आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रूपमा मनाइन्छ। यस दिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ। डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ। अर्थात् वाचा गर्ने दिन। एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको। प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ। यसले सच्चा प्रेमको संकेत गर्छ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ। अंकमाल गर्ने दिन। आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो।

फेब्रुअरी १४
यो प्रेम उत्कर्षमा पुग्ने दिन हो। यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ। प्रेम गर्नेहरूका लागि सबैभन्दा ठुलो उत्सव हो यो दिन। यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ०४ बजे

  • ...
    бнанс бонус за рефералв

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    ...
    Код binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *