८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. वाग्ले दोब्बर मतले अगाडि



तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।
प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ८८३७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४०६५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४०२ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन । त्यहाँ दलिय सहमति हुन नसक्दा मतगण्ना सुरु नभएको हो ।

निर्वाचन आयोगका अनुसार मंसिरमा भएको निर्वाचनको तुलनामा यो पटक कम मत खसेको छ । यद्यपी यो पटक महिला मतदाता उत्साहजनक ढंगले मतदानमा सहभागि भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *