चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् । चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएपछि उनले यस्तो बताएका हुन् ।
भारी मतान्तरसहित दोस्रोपटक पनि विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।
भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उनले बताए । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ ।
सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताए ।
यसअघि पाएको संसदको लोगो र अब पाउने लोगो सँगै लगाएर भ्रष्ट्रचारीलाई एक एक गरेर तह लगाउने समेत उद्घोष गरे ।
प्रतिक्रिया