विराटनगर । संगठित रुपमा एक जना बालिकालाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा १३ जना छात्रालाई ज्यान मार्ने उद्योग कसुरमा मुद्दा लागेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनर श्रेष्ठ थरकी १४ वर्षीया बालिकालाई मरणासन्न हुने गरी कुटपिट गरेर भिडियो सार्वजनिक गरेको आरोपमा सोही विद्यालयका १३ जना छात्रालाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा लागेको हो ।
आफ्नै विद्यालयमा अध्यन गर्ने सहपाठीलाई संगठित रुपमा कुटपिट गरेर भिडियो समेत बनाएको आरोपमा प्रहरीले १३ जना छात्राहरुलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरिरहेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी रन्जन दाहालले जानकारी दिए।
६ वैशाखमा छात्राहरुको समुहले दिउँसो आफ्नै सहपाठीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले ११ वैशाखमा १३ जना छात्राहरुलाई पक्राउ गरेको हो ।
कुटपिटमा परेकी छात्राको झापा विर्तामोड स्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्नुको कारण भने प्रहरीले बाहिर ल्याएको छैन । यद्यपी प्रेमको बिषयमा भएको विवादले उग्र रुप लिएको हुन सक्ने स्थानीयले आसंका गरेका छन् ।







प्रतिक्रिया
выбор психолога онлайн
Онлайн-психология — это ваш шанс на лучшее. Запишитесь сегодня! https://vk.com/club211532114
Romeoflake
https://uztm-ural.ru/
Snipfeed
I am really impressed together with your writing talents as well as with the layout on your weblog. Is this a paid topic or did you modify it your self? Anyway stay up the excellent high quality writing, it's rare to see a nice blog like this one these days. Instagram Auto comment!