६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

संसदीय समितिमा अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नाम पठाएका छैनन् । तीन ठूला दलबाहेक साना सबै दलबाट नाम आइसकेको स्रोतले जनाएको छ ।

बैठकमा सभामुखले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधारेर जानुपर्ने बताए । संसदमा उठेका कुराहरूमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका उल्लेख गर्दै आज गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्ने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *