७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन, विराेध गराैं : शेखर



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

उनले सरकारी कर्मचारीको तलव र पूर्व शिक्षकको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका हुन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै अयोग्य पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने उनले बताए ।उनले लेहेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ उनले लेखेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ११ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *