१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरले आधा पनि बजेट खर्च गर्न सकेन



काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना सकिदा पनि जम्मा ३ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

यो महानगरको कुल बजेट ७ अर्ब ५० करोड ३५ लाख रुपैयाँ हो । तर करिब साढे ९ महिनामा आधा पनि बजेट खर्च नसकेको हो ।

महानगरले सार्वजनिक गरेको स्थिति पत्रमा उल्लेख गरे अनुसार प्रतिशतको हिसाबमा सो अवधिमा महानगरले गरेको बजेट खर्च ४५ दशमलव ७१ प्रतिशत देखिन्छ ।

ललितपुर महानगरको यो वित्तीय प्रगति काठमाडौं महानगरपालिकाको भन्दा झण्डै दोब्बर धेरै हो । काठमाडौं महनागरले चैत मसान्तसम्म जम्मा २४ प्रतिशत खर्च गरेको छ ।

ललितपुर महानगरले चालु खर्च तर्फ ७० प्रतिशत र पूँजीगत तर्फ ३४ दशमलव ९ प्रतिशत खर्च गरेको छ । २ अर्ब ३१ करोड ११ लाख रुपैयाँ चालु बजेट रहेकोमा ललितपुरले १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खर्च गरेको हो । यस्तै ५ अर्ब १९ करोड २३ लाख रुपैयाँ पूँजीगत बजेट मध्ये १ अर्ब ८१ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।

आय तर्फ पनि ललितपुर महानगरपालिकाले उल्लेख्य प्रगति गरेको देखिन्छ । महानगरले वार्षिक १ अर्ब ४० करोड रुपैयाँ आन्तरिक आय अनुमान गरेकोमा हालसम्म १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ असुली गरिसकेको छ,जुन ६१ दशमलव ६६ प्रतिशत हो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *