१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूसी आक्रमणमा परी २६ जना युक्रेनीकाे मृत्यु



एजेन्सी । रुसी आक्रमणमा परी ५ जना बालबालिकासहित २६ जनाको मृत्यु भएकाे छ ।

युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिककाे मृत्यु गरेकाे युक्रेनी अधिकारीहरूले बताएका हुन् । मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य देखिएका थिए। भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका छन् ।

यो वर्ष शिशिर यामको प्रारम्भमा उर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा फेरी आक्रमण गर्न थालेकाे छ । करिब ८० हजार बासीन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ ।

पूर्वी लुगान्स्क शहर रुसले नियन्त्रणमा लिएकाे छ । रुसी क्षेप्यास्त्रहरू मध्य शहर डिनिप्रोमा पनि बर्सिएका छन् । गत जनवरीमा उक्त शहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाकाे मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *