७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पाण्डेले गरिरहेका छन् ।

कांग्रेस र माओवादीले आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति अनुसार गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले २१ गते बिहीबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

सरकारमा अहिले पाण्डेसहित विनाविभागीय मन्त्रीका रूपमा सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडा छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुख बाहेक), राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् ।

प्रदेश सभामा विश्वास जित्नका लागि बहुमत आवश्यक हुने भएकाले कम्तीमा पनि ३१ मत प्राप्त गर्नुपर्ने अवस्था छ । गण्डकीमा अहिले एमाले र राप्रपा एक कित्तामा रहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *