काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याए । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् । अब नेपालले यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने छ ।
प्रतिक्रिया