१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीमा दही खानु कति फाइदाजनक ?



काठमाडौं । दूध जमाएर बनाएको र त्यसबाट नौनी, घिउ आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ । गर्मी महिनामा धेरै खपत हुने दही हिन्दु परम्परा अनुसार साइत गर्दा समेत प्रयोग गरिन्छ । सुभ कार्यको थालनी गर्दा दही खाएर गर्नु शुभ मनिन्छ ।

दही प्राय सबै जसोको भान्सामा प्रयोग भएको पाइन्छ । विवाह भोज भतेरमा पनि खाना खाइसकेपछि मुख मिठो बनाउन दहि खाने चलन छ । दहीले मनिसको शरिरमा पाचन प्रक्रियालाई नियमित राख्न मद्धत गर्दछ ।

गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ । दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केहि आवश्यक्ता पुरा गर्छ ।

दहीका भिविन्न प्रकारका हुन्छन् । त्यसमध्य जुजु धौँ भक्तपुरमा प्रसिद्ध छ ।

नेपाली समाजमा प्रचलित दहीका प्रकार
एकराते: एक रात मात्र बितेको वा अघिल्लो दिन मात्र जमाइएको वा एक रातको दहीलाई एकराते दही भनिन्छ ।
चोक्रास् राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने दहीको ढिकालाई चोक्रा भनिन्छ ।
जुजुधौ: बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको भादगाउँले दहीलाई जुजुधौ भनिन्छ ।
लहरे दही: जमेको बाक्लो दहीलाई लहरे दही भनिन्छ ।

यस्तो छ दही खानुको फाइदा
१. पेटलाई सितलता
दहीलाई लस्सी बनाएर सेवन गर्दा पेटको गर्मी शान्त हुन्छ । पेटको कतिपय रोगमा दहीको सेवन लाभदायक मानिन्छ । अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले पेटको रोग लाग्न दिदैन ।

२. हृदय रोगमा बरदान
दहीमा हृदय रोग, उच्च रक्तचाप रोक्ने गजबको क्षमता हुन्छ । यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सहि राख्छ । मुटुको समस्या भएकाले दहीको सेवन गर्नु लाभदायक मानिन्छ ।

३. हड्डीको विकासमा सहयोगी
दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यसले हड्डीको विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सहि ढंगले काम गराउन सहयोग गर्छ ।

४. तौल नियन्त्रण राख्न
अहिले मोटोपन घटाउने चिन्ताले धेरैलाई ग्रस्त बनाएको छ । यस्तो समस्या भोगिरहेकाहरुका लागि दहीको सेवन एकदमै लाभदायक हुन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *