८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वी राजमार्गमा सवारी आवागमन फेरि अवरुद्ध



धादिङ। पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ ।

धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो । सोमबार पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको थियो ।

फेरि बुधबार मध्यान्हबाट १२ बजेदेखि पुलको मुखमा सडक भ्वाङ परेपछि दुवैतर्फी सवारी आवागमन बन्द भएको हो । सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *