१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इमरान खानको गिरफ्तारीपछि पाकिस्तान अशान्त



काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तान अशान्त बनेको छ । भ्रष्टाचार आरोपमा मंगलबार बिहान खानलाई अदालतबाटै पक्राउ गरिएपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ता र समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन थालेका छन् ।

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेका छन । पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन् । देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ । यस्तै खान पक्राउ परेको खबर आएपछि पाकिस्तानको सेयर बजारमा पनि उथलपुथल आएको छ ।

मंगलबार सेयर बजार चार सयभन्दा बढी अंकले घटेको छ । देशको राजनीतिक–आर्थिक अवस्था खराब रहेकै बेला खानको गिरफ्तारी भएपछि सेयर बजारमा पहिरो गएको हो । खान पक्राउ परेको खबर आउनेबित्तिकै सेयर बेच्नेहरू ह्वात्तै बढेका थिए ।

खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *