६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा २ हजारको नोट प्रतिबन्ध



नयाँ दिल्ली । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।

यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो । सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।

भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २ हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् ।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *