१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने



काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकमा जानकारी गराएका हुन्। 

यसअघि ओलीले जेठ ४ गते संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो। उक्त दिन स्वास्थ्य अवस्थाका कारण पनि संसद बैठकमा सहभागी भएका थिएनन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसद्मा जानकारी दिनेसमेत यस अगाडि घोषणा गरेका थिए। संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ।

संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा दिए। सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यो सरकारसँग जनताको समस्या समाधान गर्ने कुनै नीति नै नभएको बताए।

ओलीले भने, ‘देशको आर्थिक नीतिबारे सरकार बोलेको छैन। यो बजेट त नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भयो। हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ। यो राखेको होइन, चिट चोरीमा परेको हो। राजनीतिक स्थिरता भइरहेको छ। यसबारे उहाँहरूको कुनै चिन्ता छैन।’

सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको र नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने उनको भनाइ छ। भने, ‘जंगली राजमा पनि जथाभावी हुँदैन। तर, यहाँ जथाभाबी भइरहेको छ। भ्रष्टाचारविरुद्व शून्य सहनशीलता भनिएको छ। मिटरब्याजी पीडित अनशनमा छन्। महँगी बढेको छ। त्यतातिर ध्यान दिइएको छैन। सरकार बेखबर छ। अनि सामाजिक 
न्यायका कुरा गर्ने ?’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *