७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेकअप गर्दा मोस्चराइजरको प्रयोग



– अहिले गर्मी मौसम मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

– छालामा मोस्चराइजर प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिन पनि लगाउन सकिन्छ ।

– मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन । 

– गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ । 

– गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा र लिपस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ ।

– आँखामा आइलाइनर प्रयोग गर्न सकिन्छ । त्यस्तै, हलुका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । 

– दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै बेस हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत नराम्रो हो । 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *