१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थोरै क्षेत्रफलमा धेरै थरी फलफूल कसरी फलाउने ?



थोरै क्षेत्रफलमा धेरै प्रजातिका फलफूल उत्पादन गर्न चाहनेहरूका लागि कलमी प्रविधि राम्रो विकल्प हो । कलमी प्रविधिबाट एउटै वर्गमा पर्ने फलफूलका अनेक प्रजातिलाई एकै बोटमा फलाउन सकिन्छ ।

जस्तो, सिट्रस वर्गमा पर्ने कागती, सुन्तला, मुन्तला, जुनार, भोगटे, जापानिज सुन्तलालगायत फलफूल एकै बोटमा उत्पादन गर्न सकिन्छ । चेरी, आरुबखडा, आल्मोन्डलगायत फललाई पनि एकै बोटमा फलाउन सकिन्छ । त्यस्तै, नास्पाती र स्याउलाई पनि एउटै रूखमा फलाउन सकिन्छ । ३ भेराइटीका किबी (रातो, गोल्डेन र हरियो) पनि एकै बोटमा फलाउन सकिन्छ । 

कलमी गरिएका बिरुवा गमलामा रोप्दा तीन–चार फिटसम्म र जमिनमा ५–६ फिटसम्म अग्लो हुने गर्छ । यो बिरुवालाई हुर्काउन पनि सजिलो छ । कौसीखेती गर्दा दुई दिनमा एकपटक पानी हाले पनि पुग्छ ।

किराबाट बोटलाई जोगाउनका लागि १५ दिनमा एकपटक स्प्रे गर्नुपर्छ । यस प्रविधिको मुख्य विशेषता भनेको आफ्नो रुचिअनुसार कस्ता बिरुवा रोप्ने, कति अग्लो बनाउने भन्ने आफैँ निर्धारण गर्न सकिन्छ । 

त्यस्तै, यसले फल पनि चाँडै र धेरै गर्छ । कलमी गरिएका बिरुवाले एक वा दुई वर्षमै फल दिन थाल्छन् । घरमा हरियाली वातावरणसँगै ताजा फलफूलको स्वाद लिन पाइन्छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *