१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होम गार्डेनिङ थाल्नुअघि यी कुरामा ख्याल राखौँ 



– सबैभन्दा पहिले सही स्थान चयन गर्नुस् । कम्तीमा बिरुवालाई पाँच वा ६ घन्टासम्म प्रकाश मिल्ने खालको स्थान चयन गरेर गमला राख्नु राम्रो हुन्छ । बिरुवाका लागि पर्याप्त पानी आवश्यक पर्ने भएकाले सहजै पानी पुर्‍याउन सकिने ठाउँमा गमला राख्नुस् । 

– खुला स्पेसमा गमला राख्नुभयो भने राम्रो हुन्छ । जसकारण, गमलामा पानी हाल्न असहज नहोस् । गमलालाई तेज हावा र गर्मीको समयमा चर्को प्रकाशबाट पनि जोगाउन जरुरी छ । किनकि, तेज हावा र चर्को प्रकाशले बिरुवालाई नष्ट गर्न सक्छ । 

– राम्रो गुणस्तरको बिउ चयन गर्नुस् । जसकारण, भविष्यमा राम्रो र स्वस्थ बिरुवा हुर्कियोस् । 

– वजन हल्का भएका गमला चयन गर्नुस् । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सहज हुन्छ । तपाईंले घरमा प्रयोग नभएका भाँडामा पनि माटो र बिउ हालेर बिरुवा रोप्न सक्नुहुन्छ । बजारमा कम मूल्यमा पनि आकर्षक गमला पाइन्छन् । 

– तपाईंले राम्रो गुणस्तरीय माटोको चयन गर्नुपर्ने हुन्छ । यसमा विभिन्न प्रांगारिक मल तथा पातपतिंगर मिसाउन सकिन्छ । यसका लागि नर्सरी वा कृषिविज्ञसँग परामर्श गर्न सक्नुहुन्छ । 

-नयाँ पत्रिका

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *