१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारी खेतीमा रमाउँदै युवा कृषक



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आएका हुन् ।

आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताए ।

एकीकृत कृषि समूहमा आबद्ध भएर घिमिरेले तरकारी खेतीसम्बन्धी तालिम लिएका थिए । कृषि निर्देशनालय सुर्खेतले अनुदानमा घिमिरेलाई थोपा सिँचाइसहितको तीन वटा प्लास्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट दिएको थियो ।

तालिम र कृषि औजार, उपकरण प्राप्त गरेपछि व्यावसायिक तरकारी खेतीमा सहयोग पुगेको घिमिरेले बताए ।

एकीकृत कृषि समूहमा आबद्ध ६० जनामध्ये २५ जना किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् ।

अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् । परम्परागत रूपमा लगाइने अन्नबालीमा निर्भर किसानले व्यावसायिक तरकारी खेती थालेपछि आर्थिक उपार्जनसमेत गरिरहेका छन् ।

किसानले तरकारी बिक्रीबाट बचेको पैसा बैङ्क र गाउँको सहकारीमा बचत गर्दै आएका छन्। वीरेन्द्रनगर–३ का श्याम पुरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको दस वर्ष भयो ।

उनी एक सफल कृषक हुन् । उहाँको बारीमा लटरम्म बेमौसमी तरकारी फलेको छ। करिब दुई बिघा जमिनमा तरकारी खेती गर्दै आएका पुरीले वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आएकाछन् । उनको बारीमा करेला, चिचिन्डा, खुर्सानी, लौका, काँक्रा, बोडी, बन्दागोभी, भान्टा, भेडे खुर्सानी उत्पादन भइरहेको छ ।

पुरीले तीन जनालाई दैनिक रोजगारी दिनुभएको छ। तरकारी टिप्ने, बजारसम्म पु–याउने, गोडमेल गर्ने र सिँचाइ गर्नका लागि मासिक तलबको व्यवस्था गरेर काममा लगाइएको छ । सिँचाइको राम्रो प्रबन्ध रहेको उनको बारीमा अन्य ठाउँको तुलनामा दोब्बरले तरकारी फल्ने गर्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *