२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थोरै जनसंख्या भएका ११ जाति, जो हजार पनि छैनन्



काठमाडौं । नेपालमा ११ जातिको जनसंख्या सबैभन्दा कम रहेको छ । उनीहरुको संख्या एकहजार भन्दापनि थोरै छ ।

उनीहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१, कोचे जातिको जनसंख्या ८४७, टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको छ ।

यस्तै वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३, वनकरियाको जनसंख्या १८० र नुराङ जातिको जनसंख्या ३६ मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *