२१ बैशाख २०८१, शुक्रबार | May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति



नयाँदिल्ली । अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो ।

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् ।

उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् ।

‘वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो, कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,’ प्रवक्ता वाङले भनेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *