४ जेष्ठ २०८१, शुक्रबार | May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशद्रोही प्रचण्ड पथ अझै गएको छैन, सुनैसुनको भेस्ट लगाइदिने यिनै माओवादी हुन् : केपी ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै पहिचानवाद पक्षहरूको पक्षपोषण गरेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कोशी प्रदेशमा सरकारकै संरक्षणमा पहिचानवादीहरूले एमालेमाथि हमला गरिरहेको बताए।

पहिचान पक्षधरहरूबाट पटक-पटक एमाले कार्यकर्तामाथि आक्रमण भइरहेकोप्रति निन्दा गर्दै उनले त्यसको सुरक्षा अब एमाले आफैंले गर्नुपर्ने बताए। ‘एमालेले तयारीका साथ दनक दिनपर्ने भयो। एमाले चुप लागेर बस्न सक्दैन,’ उनले भने, ‘सरकारले पहिचानवादी भनिएका गुण्डाहरूलाई न नियन्त्रण गरेको छ, न गिरफ्तार। प्रोत्साहितमात्र गरेको छ। प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले। त्यसको जवाफ दिनुपर्ने बेला आइसक्यो।’

उनले एमाले कार्यकर्ता राम रानामाथि मोबिल छर्केर आगो लगाउने प्रयास भएको बताए। त्यस्तै उपसभामुख सिर्जना दनुवारको गाडीमा उदयपुरमा ढुंगा हानिएको र त्रियुगाका उपमेयरको गाडीमा क्षति पुर्‍याउने काम भएको उनको भनाइ छ। 

यी सबै हमला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारबाट भएको उनको आरोप छ। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै सबै गराएको आरोप लगाए। उनले प्रचण्ड पथ अझै नभएको भन्दै देशद्रोहीको संज्ञासमेत दिए।

‘यो सबै पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू हो। प्रचण्ड पथबाट भएको हो,’ उनले भने, ‘प्रचण्ड पथ अझै गएको छैन। प्रचण्ड पथ भनेको देशद्रोही पथ हो। अपराधि पथ हो। केपी ओलीलाई सुनैसुनको भेस्ट लगाइदिने पनि माओवादीहरू नै हुन्। प्रचण्ड पथहरू हुन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन सबै गराउने।’ 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ६ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *