२२ बैशाख २०८१, शनिबार | May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आसाममा बाढी : २९ हजार मानिस प्रभावित



गुवाहाटी । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ ।

एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० को बाढी प्रतिवेदनअनुसार बाढीप्रभावित जिल्लामा २१५।५७ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ ।

लखीमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन् ।

एएसडीएमएका अनुसार बाढी प्रभावित लखीमपुर जिल्ला प्रशासनले तीन वटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ ।

बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपाया समेत प्रभावित भएका छन् । बिहीबार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखीमपुर जिल्लाका चार वटा तटबन्ध र चारवटा सडकमा क्षति पु¥याएको थियो ।

एएसडीएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *