२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केराटिन हेयर ट्रिटमेन्ट यसरी



केराटिन विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ । यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ ।

शरीरमा नङ, छाला र रौँ निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ । कपालमा विभिन्न रसायन प्रयोग गर्दा यो नष्ट हुँदै जान्छ र कपालमा समस्या देखिन्छ । त्यसपछि विभिन्न ब्रान्डेड क्रिम प्रयोग गरेर कपाललाई सीधा, बाक्लो र बलियो बनाइन्छ । यो विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ ।

यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ । फार्मल्डिहाइडको उपयोगले कपाल लामो समयसम्म सीधा र नरम हुन्छ । केराटिनले कपाललाई बलियो बनाउनुका साथै अन्य समस्याबाट मुक्त बनाउँछ । 

कसरी गर्ने ?
– सुरुमा स्याम्पु प्रयोग गरेर कपाललाई सफा गर्नुपर्छ । 
– त्यसपछि कपाललाई सुकाउने र कपाल मुलायम बनाउने क्रिम प्रयोग गरेर झन्डै ३० देखि ४० मिनेटसम्म छाडिदिने । 
– कपाललाई सफा पानीले पखालेर कम तापक्रममा स्ट्रेट गर्ने, त्यसपछि बिस्तारै आइरन गरिन्छ । 
– सफा पानीले कपाल पखालेर अन्तिममा हेयर स्क्रब लगाउने । त्यसको दुई–तीन दिनपछि फेरि ट्रिटमेन्ट गर्नुपर्छ । जसले गर्दा कपाल लामो समयसम्म सुक्खा हुन पाउँदैन । 
– यो ट्रिटमेन्ट तीनदेखि चार महिनासम्म टिक्ने गर्छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *