१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपडा छान्दा ध्यान दिनुस्



महँगा वा ब्रान्डेड कपडामा स्टाइलिस देखिन्छ भ्रम नराख्नुस् । हामी सुपथ मूल्यमा पाइने कपडामा पनि स्मार्ट देखिन सक्छौँ । त्यसका लागि हामीले आफ्नो शरीर फिट राख्नुपर्छ । जसकारण, फिटिङ कपडा लगाउन सकियोस् । 

कलर कम्बिनेसनले आकर्षक देखाउन सहयोग गर्छ । आफ्नो स्किन टोनमा म्याच गर्ने कलर छान्नुस् । कपडा छनोट गर्दा कम्फर्टेबल र कन्फिडेन्ट लाग्ने कपडा छान्नुपर्छ । तपाईंलाई जे सहज लाग्छ, त्यही लगाउनुस् । 

जिन्स किन्दा उल्टो गरेर एकपटक भित्री भाग हेर्नुस् । त्यहाँ सिलाइएको भाग लुज देखिन्छ भने त्यस्ता कपडा धेरै टिक्दैनन् । टाइटसँग सिलाइएको कपडा टिकाउ हुन्छ । यस्तो कपडा सहजै किन्दा हुन्छ । तपाईंले आफ्नो कपडासँग म्याच गर्ने हेयर स्टाइल गर्नुपर्छ । त्यस्तै, छालाको स्याहार पनि गर्नुपर्छ । 

जुत्ता पनि कपडासँग म्याच गर्ने खालको किन्नुपर्छ । पातलो सोल भएका जुत्ता धेरै टिक्दैनन् । धेरैजसो कपडामा बाक्लो सोल भएका जुत्ता नै म्याच हुन्छ । घडी छान्दा स्लिम खालको छान्नुस् । यस्ता घडीले तपाईंलाई आकर्षक देखाउँछ । ब्रासलेट लगाउनुहुन्छ भने एउटै मात्र लगाउनुस् । धेरै ब्रासलेट लगाउँदा भद्दा देखिन सक्छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *