५ जेष्ठ २०८१, शनिबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वयम्भूको गजुर जीर्णोद्धार सुरु



काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले यसबारे विस्तृत अध्ययन गरेको थियो ।

काठमाडौं महानगरपालिका–१५ मा पर्ने उक्त स्थलमा विशेष गरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्छन् । सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् ।

यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यसवरपर क्षेत्रको अवलोकन सकिन्छ । प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्धार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिए ।

महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । मर्मत तथा जीर्णोद्वार सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनः प्रतिस्थापन गरिनेछ । चैत्यआसपासका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १० : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *