१८ बैशाख २०८१, मंगलबार | May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली पेटमा के-के खानु हुँदैन ?



व्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक हुन्छ । त्यसका लागि शारीरिक कसरतका साथै खाना तथा खाने समयमा समेत विशेष ध्यान दिनुपर्छ ।

हामीले खाने केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ । यसले गर्दा हामीलाई दैनिक काममा पनि बाधा उत्पन्न हुन्छ ।

यी हुन् खाली पेटमा खान नहुने खानेकुरा

चटपटे
खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । जसले गर्दा पेटमा समस्या आउँछ ।

कफी
खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ ।्

चिया
हुन त बिहानै खाली पेटमा चिया पिउने धेरै मानिसको बानी हुन्छ । तर खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ ।

दही
दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

तरुल
तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यस कारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिकको समस्या बढ्न सक्छ ।

अल्कोहल
खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

गोलभेँडा
गोलभेँडामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ । त्यसैले खाली पेटमा गोलभेँडा नखानु नै राम्रो ।

केरा
खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ र स्वास्थ्यमा गडबढी उत्पन्न हुन् सक्छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *