१९ बैशाख २०८१, बुधबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारमा जान हतार छैन, त्यतातिर हेरेका पनि छैनौं : ओली



काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी  शर्मा ओलीले एमाले सरकार परिवर्तन गर्ने खेलमा नलागेको बताएका छन्।

पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। आफ्नो पार्टी जोडजाड गरेर सरकार जोगाउने र परिवर्तन गर्ने खेलमा नलागेको भन्दै ओलीले एमाले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने अभियानका साथ अगाडि बढेको प्रष्ट्याए।

‘हामीलाई सरकारमा जान हतारो नभएको मात्र होइन, हामीले सरकारतिर फर्केर हेरेका पनि छैनौं, त्यतातिर सोचेका पनि छैनौं। हामी ग्रासरुट अभियानमा लाग्यौं, अब हामी मिसन ८४, मिसन फिप्टी वनपट्टी लागेका छौं’ ओलीले भने, ‘हामी सरकारको दैनिक किचलो, सरकार बनाउने, कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, कसलाई जेलबाट छुटाएर ४ भोट लियो, कसलाई के गरेर ४ भोट लियो, यता खेल्यो, उता खेल्यो। यसखालको कुनै परिणाम ननिस्कने खेलमा लाग्दैनौं ।’

ओलीले सरकार भ्रष्टाचारविरोधी कदमका नाममा स्टन्टवाजीतिर लागेको भन्दै त्यस्तो कदम उनीहरुतिरै फर्किदैं गएको टिप्पणी पनि गरे।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *