२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा पक्षविपक्ष भए पनि पार्टी केन्द्रीय कार्यालयले भने तयारी गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *