काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अझै संसदीय दलको नेता बदल्न लागेको बताएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा केन्द्री कमिटी बैठकमा बोल्दै उनले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने भन्दै आफू त्यसमा लागिपरेको प्रस्ट्याए।
‘नेतृत्व परिवर्तनको विषयले नेपालको राजनीतिमा प्रवेश पाउनुपर्छ। यसका निम्ति म निरन्तर लागिरहेको छु। त्यही भएर संसदीय दलको नेता बदल्ने प्रयास गरेँ,’ उनले भने।
उनले पहिलो प्रयास असफल भए पनि आफूले दोस्रो प्रयास पनि गर्ने प्रस्ट पारे। ‘पहिलो प्रयासमा सफल भइनँ। मैले फेरि अर्को प्रयास गर्नै मिल्दैन?,’ उनले प्रश्न गरे, ‘अवश्य मिल्छ। पार्टीको विधानले, संसदको नियमले मिल्छ।’
उनले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताए। उनले आफू पार्टी फुटाउने कुरा नगरेको भन्दै नअतालिन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।
प्रतिक्रिया