काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको प्रारम्भिक परिमाण करिब ६१ किलो देखिएको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेकसुबाट सुन निकालेर जोख्दा त्यसको परिमाण ६० किलो ७८९ ग्राम देखिएको हो ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेकसुबाट सुन भनिएको वस्तु निकाल्दा तौल करिब ६१ किलो पुगेको हो । ‘आगोले पोल्दा अरु पनि सुनबाहेकका वस्तु निस्किन सक्छ,’ उनले भने । सुनको परिमाण अझै घट्न सक्ने संकेत उनले गरे ।
वास्तविक तौल आउन भने अझै तीनदिन लाग्ने महाशाखा प्रमुख आचार्यले बताए ।
प्रतिक्रिया