२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ तर इमानको साथ काम गर्छु : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताएका छन्। भक्तपुरमा आयोजित बासँग विद्यार्थीसँग कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै उनले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने बताएका हुन्।

‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ। पूर्व प्रधानमन्त्री चाहिँ भएकै हो। अब्बल राजनीतिज्ञ अब तपाईंहरुबाट जन्मिनुपर्छ नयाँ पिढीबाट जन्मनुपर्छ। हाम्रो पिढी भन्दा तपाईंहरु बढी देशभक्त,  विकासप्रेमी र क्रियाशित र सफल नेताका रुपमा तपाईंहरु आउनुपर्छ।’ उनले थपे, ‘मेरा केही असफलता छन्। मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन। तपाईंहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपाललाई साच्चैको सार्वभौम, स्वतन्त्र र स्वाभिमान बनाउनुपर्छ। आफ्नो भूगोलको विल्कुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्दछ। म तपाईंहरुसँग त्यो अपेक्षा गर्दछु।’

null

ओलीले अब्बल राजनीतिज्ञ बन्न नसकेपछि आफू इमानको साथ काम गर्ने र इमान्दार प्रयास गर्ने बताए। ओलीले भने राष्ट्रको सम्पत्ति आफ्नो बनाउन नहुने मान्यता राख्ने बताए । ओलीले बालबालिका अनुहारमा देशभरीका युवाको आत्मविश्वास देखिरहेको धारणा राखे।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  २ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *