१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भावस्थामा हुने परिवर्तन र श्रीमानको भूमिका



गर्भावस्थामा एक महिलाका लागि गौरवको विषय हो । जो कोही महिलाले विवाह पश्चात आमा बन्ने सपना बुन्ने गर्छन् । प्रकृतिले पनि यस्तो गौरवशाली भुमिकाका लागि महिलालाई मात्र सो अवसर प्रदान गरेको छ ।

एक महिला जव गर्भवति हुन्छ उनको शारिरिक र मानसिक रुपमा धेरै परिवर्तन आउछ । यस्तो अवस्थामा महिला शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ्य हुनु जरुरी हुन्छ । गर्भवतीको शारीरिक मात्र होइन, मानसिक अवस्थाले पनि गर्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले यतिबेला खुसी र ढुक्क हुन आवश्यक छ ।

गर्भावस्थामा महिलामा आउने परिवर्तन
१. शरीरको बनावटमा परिवर्तन : भर्गवति भएपछि महिलाको शरीरको बनावटमा आउने पहिलो प्रत्यक्ष परिवर्तन हो । गर्भवति हुँदा महिलाको पेट बढ्दै जान्छ जसले महिला गर्भवति भएको भन्ने सजिलै बुझाउछ ।
२. अनुहारमा चाया पोतो आउनु : प्रायजसो गर्भवति महिलाको अनुहारमा कालो, खैरो पोतो आउने गर्छ । गर्भावस्थामा शरीरको हर्मोनमा आउने परिवर्तनले महिलाको अनुहारमा विभिन्न प्रकारको पोतो, दागहरु देखिने गर्दछ ।
३ हात खुट्टा सुन्निनु : गर्भवस्थामा महिलाको हात खुट्टा सुन्निने गर्छ । गर्भको शिशुको तौल बढ्दै जाँदा महिलाको शरिरको तौल पनि बढ्ने हुनाले त्यसको चाप खुट्टामा पर्ने हुँदा सुन्निने हुन्छ । त्यसका साथै गर्भाअवस्थामा धेरैजसो महिलाको रक्तचाप घटबड भइरहने हुँदा हात खुट्टा सुन्निने हुन्छ ।
४ भावनात्मक परिवर्तन : गभवस्थामा महिलाको भावनामा धेरै परिवर्तन आउने गरेको विषेशज्ञहरु बताउछन् । शरिरमा आउने हर्मोनको परिवर्तनले महिलाको सोच्ने शैली र भावनामा परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीमा सानो सानो कुरामा धेरै चिन्तीत हुने, तनाव, बेचैनी, भय पैदा गर्दछ ।

श्रीमानको भमिका
एक महिला गर्भवति भएपछि स्वस्थ्य आमा र बच्चाको लागि परिवारले ठुलो भूमिका खेल्नुपर्ने हुन्छ । गर्भवति महिलालाई सरल र सहज दिनचर्याका लागि घरका सबै सदस्यको भुमिका महत्वपुर्ण हुन्छ । त्यसमाथी श्रीमानको विषेश भुमिका रहन्छ ।
श्रीमती गर्भवती भएपछि श्रीमानको जिम्मेवारी थपिन्छ । श्रीमतीको उचित हेरबिचार गर्नुपर्ने हुन्छ । श्रीमतीको खानपानदेखि सुत्ने-उठ्ने तालिका मिलाउनेसम्मको काममा श्रीमानले सहयोगी भूमिका खेल्नुपर्छ ।

श्रीमतीको मनोबल बढाउने
गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई श्रीमानले पनि अनुभूत गर्न सक्नुपर्छ । गर्भवती श्रीमती के कस्ता चुनौतीसँग जुधिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यवहार गर्नुपर्छ । श्रीमतीको आत्माविश्वास बढाउने, खुसी राख्ने कुरामा श्रीमानले भूमिका खेल्नुपर्छ ।

२. बद्लिदो दिनचर्यालाई बुझौं
गर्भधारणपछि महिलाको काम गर्ने क्षमता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ । श्रीमतीको अभावमा हुने कतिपय काममा श्रीमान अग्रसर हुनुपर्छ ।

३. सजगता अपनाउने
गर्भवती श्रीमतीलाई चिकित्सकहाँ पु¥याउने, सही खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा श्रीमानले ख्याल राख्नैपर्छ । यसबेला तपाईंले श्रीमतीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । श्रीमतीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई एक्लो र असुरक्षित महसुष नगरोस् । योग गराउनुहोस् ।

४. प्रसव पूर्व कक्षाको जरुरी
प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी श्रीमतीलाई हुनुपर्छ । कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा पनि श्रीमतीले आवश्यक जानकारी दिलाउनु पर्छ ।

५. समझदारीताका साथ काम गरौ
जब श्रीमती गर्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झर्को लाग्न सक्छ र बोझिलो पनि ।

६. महिलामा आउने परिवर्तनप्रति चनाखो रहने
गर्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक । पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति चनाखो हुनैपर्छ, ताकि गर्भवती श्रीमती र गर्भको बच्चालाई नराम्रो असर नपरोस् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *