१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिटर प्रयोग गर्दा ध्यान दिनुस्



जाडो मौसममा मानिसहरू घरभित्रै बस्न रुचाउँछन् । तर, कोठा चिसो हुँदा घरभित्रै पनि सास्ती महसुस हुन्छ । त्यसैले धेरैले कोठा तताउनका लागि हिटर प्रयोग गर्छन् । तर, यसका धेरै बेफाइदा छन् । जस्तो, यसले अक्सिजन सोस्छ र गुम्म बनाइदिन्छ । लामो समय हिटर ताप्दा विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छन् । केही उपाय अपनाएर कोठालाई प्राकृतिक रूपमै पनि न्यानोे र आरामदायी बनाउन सकिन्छ । 

सावधानी 

-चिसोमा कोठालाई सहज रूपमा न्यानो बनाउन हिटर प्रयोग गरिन्छ । तर, यसका धेरै बेफाइदा छन् । त्यसैले हिटर प्रयोग गर्दा सजग हुन जरुरी छ । 

-बन्द कोठामा हिटर अन गरेर बाहिर निस्कने काम कहिल्यै नगरौँ । हिटरबाट निस्कने कार्बन मनोअक्साइड ग्यास स्वास्थ्यका लागि घातक छ । 

-हिटर अन गरेर कहिल्यै नसुऔँ । यसले सास फेर्न गाह्रो हुन्छ र कतिपयको ज्यानै जान सक्छ । 

-लामो समय हिटरमा बस्दा छाला सुक्खा हुन्छ । मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन । 

-प्रज्वलनशील पदार्थ, कागज, ब्ल्यांकेट, कपडा, दाउरालगायत सामग्रीलाई हिटरनजिक कहिल्यै राख्नुहुँदैन । 

-हिटरलाई बच्चानजिक राख्नुहुँदैन । झ्याल, ढोका थुनेर हिटर चलाउँदा कोठामा अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले हिटर बालेका वेला कोठा पनि खुला राख्नुपर्छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *