६ फाल्गुन २०८१, मंगलबार | Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल



काठमाडौं।  नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुने खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्ने लक्ष्य राखेको छ। 

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्दैछन्। नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो। 

पहिलो खेलमा कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको थियो। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए। २२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। नेपाल ३ खेलको शृंखलामा १-० अंकले अगाडि छ। तेस्रो खेल सोमबार हुनेछ।

यस सिरिज लगत्तै नेपालले घरेलु मैदानमा डब्लुसीएल लिग टूको म्याचहरु खेल्ने क्यानले जनाएको छ। क्यानडाको प्रशिक्षकमा पुबुदु दासानायके र नेपालका प्रशिक्षकमा मोन्टी देसाइ रहेका छन्। यस अगाडि पुबुदु नेपाली खेलाडीको प्रशिक्षक हुन्। उनी नेपालका पूर्व सफल प्रशिक्षक हुन्। प्रत्येक खेलमा नेपालको जीत चाहने पुबुदु आज क्यानडाविरुद्धको खेलमा भने नेपालले पराजय बेहोरेको हेर्न चाहन्छन्। 

नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रीकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *