१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुसी रहने पाँच तरिका 



काठमाडाैं । प्राचीन रोममा सन् १ सय २१ देखि १ सय ८० सम्म मार्कस ओरिलियसले शासन गरे । उनलाई रोमन साम्राज्यमा आफ्ना प्रजाको ख्याल राख्ने सम्राटका रूपमा लिइन्छ । उनी आफ्नो दार्शनिक सोचका लागि पनि प्रसिद्ध थिए । उनी डायरी लेख्थे, ‘द मेडिटेसन्स’ नामक पुस्तकमा ती डायरी संग्रहित छन् । त्यसमा उनले खुसी रहने विभिन्न तरिकाबारे उल्लेख गरेका छन् । 

– आफ्नो नियन्त्रणमा रहेका कुरामा मात्रै ध्यान दिनुस् । तपाईंको नियन्त्रण केवल दुई कुरामा छन् । तपाईं के सोच्नुहुन्छ र त्यस सोचलाई कसरी उतार्नुहुन्छ ।

– तपाईंका डर, चिन्ता कुनै पनि वास्तविक होइनन् । यो त बाहिरी परिस्थितिमाथिको तपाईंको प्रतिक्रिया मात्रै हो । यसलाई बदल्न पनि सकिन्छ । कोही चिच्याउँदा तपाईंले पनि चिच्याएर प्रतिक्रिया दिन सक्नुहुन्छ वा अर्को कोठामा गएर बस्न पनि सक्नुहुन्छ । चयन तपाईंमा छ । सोच्ने तरिका बदल्नुस् ।

– जीवन कुस्ती खेलजस्तै हो । यसमा हरेक पल सतर्क रहनुपर्छ । दुर्घटना प्रायः अचानक नै हुन्छ । लडिसकेपछि उठ्न नसक्ने गरी कमजोर हुनुहुँदैन । अप्ठ्यारो पर्दा लड्न सक्ने खुबी राख्नुपर्छ । समस्यालाई सहज रूपमा लिनुपर्छ । सफल मानिसको जीवनमा पनि असफलता आउँछन् । दुर्घटना हुन्छन् । तर, उनीहरू त्यस परिणामका लागि तयार हुन्छन् र सहज रूपमा सामना गर्छन्  । 

– आक्रोश नराम्रो होइन, तर यसको दिशा सही हुनुपर्छ । रिसको समय शान्त मनले सोच्नुस् । त्यसले निम्त्याउने परिणामबारे सोच्नुस् । यसपछि तपाईंले संयमता सिक्नुहुनेछ । रिस त कुनै न कुनै समय फेरि आउनेछ । तर, यस ऊर्जा र शक्तिले क्षति निम्त्याउनुको साटो तपाईं सिर्जनात्मक र उत्पादक कार्यमा लाग्नुहुनेछ । 

– तपाईंसँग जे छ त्यसप्रति कृतज्ञ रहनुपर्छ । हरेक मानिससँग धेरै कुरा हुन्छन् । तर, उनीहरू ती कुरालाई भुलेर नभएका कुरामा मात्रै ध्यान केन्द्रित गर्छन् र असन्तुष्ट बन्छन् । शान्ति तपाईंभित्रै छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *