१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आजदेखि

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री देउवाले उद्घाटन गर्ने



कैलाली । निर्माणधीन सेती राजमार्गको पहिचान र निर्माणकार्यमा दबाब सिर्जना उद्देश्यसहित आजदेखि बर्दगोरिया पहिचान महोत्सव हुने भएको छ । कैलालीको बौनियामा सञ्चालन हुन लागेको महोत्सवको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घान गर्ने भएका छन् । आजदेखि ९ गतेदेखि चैत १८ गतेसम्म आयोजना हुने बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जानकारी दिएको छ ।

निर्माणाधीन सेती लोकमार्ग चाँडै निर्माण सम्पन्न गर्न सरोकारवाला निकायहरुलाई दबाब दिन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । २०४२ सालबाट सेती लोकमार्गको अवधारणा अघि सारिएको भए पनि सरकारकाले काम अघि बढाउन सकेको छैन ।

विकासको ठूलो सम्भावनाको ढोका खोल्ने लोकमार्गको निर्माण सुस्त गतिमा भइरहेकाले तीव्रता दिन दबाब दिन महोत्सवको आयोजना गर्नलागिएको अध्यक्ष भरत ताम्रकारको भनाइ छ । सेती राजमार्ग भारत, नेपाल र चिन जोड्ने रणनीतिक महत्त्वको त्रिदेशीय मार्ग हो । यो सडकको निर्माण सुस्त गतिमा छ । त्यस्तै, प्रचारप्रसारको अभावमा बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको विकासमा प्रभावकारी बन्न सकेको छैन ।

त्यससँगै कला, साहित्यको प्रवर्द्धन, स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्य बर्दगोरिया धामको पहिचानका लागि महोत्सव आयोजना हुन लागेको अध्यक्ष ताम्राकारले बताए । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुसहित सुदूरपश्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुति रहनेछ ।

आज उद्घाटनसत्रमा सुदूरपश्चिमका देउडा गाउक सुरेश शाहीको प्रस्तुती रहने महासचिव लोकुसिंह ठकुरीले बताए । स्थानीय तथा राष्ट्रिय कला संस्कृति र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, देउडा, थारु नाच लगायत विभिन्न संस्कृति झल्किने प्रस्तुतिसँगै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा साधारण टिकट एक सय रुपैयाँ र सिजनल टिकटको ७ सय रुपैयाँ निर्धारण गरिएको छ । विद्यार्थी, जेष्ठ नागरिक, अपांगताका लागि परिचयपत्रको आधारमा ५० रुपैयाँमा टिकट उपलब्ध गराइनेछ । त्यसमध्ये टिकटबाट उठेको प्रति टिकट १ रुपैयाँ बर्दगोरियास्थित सहारा घरलाई उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *