१७ बैशाख २०८१, सोमबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन सुरु गरेको छ । व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपा भृकुटीमण्डपमा भेला भएर सिंहदरबारतर्फ अघि बढेको छ ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको छ । र्‍याली निषेधित क्षेत्रतर्फ अघि बढ्न लागेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *