२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको ढकारी गाउँपालिकाद्धारा जलीय जैविक विविधता संरक्षण गर्न विधेयक पारित



ढकारी (अछाम) । अछामको ढकारी गाउँपालिकाको हिउँदे अधिवेशनले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक पारित गरेको छ । सोमबार सम्पन्न १४ औँ अधिवेशनले जलीय जैविक विवधताको संरक्षणका लागि विधेक पारित गरेको हो ।

यो विधेयक पारित पश्चात बनेको ऐनले गाउँपालिका क्षेत्र भित्रका नदी, पोखरी, तालतलैया, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न सहज हुँने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए ।

उनका अनुसार जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न तथा जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक एंव साँस्कृतिक अन्तरसम्बन्ध र अन्तरनिर्भरता समेत सुदृढ हुनेछ । यसले गाउँपालिकाका नागरिकको आर्थिक हित हुने भएकाले पनि यो विधेयक ल्याइएको अध्यक्ष साउँदले बताए ।

अधिवेशन मार्फत गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को अहिलेसम्ममा भएका विभिन्न ४८ वटा निर्णय अनुमोदन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा महालेखा परिक्षकको कार्यालयले देखाएको बेरुजु अनुमोदन गरी पर्छयोट गर्ने निर्णय पास गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका एकीकृत आवधिक योजना समेत पारित गरिएको छ ।

अधिवेशनमा व्यापक छलफलपछि आर्थिक वर्ष २०८१/८२ का रकम अभाव देखिएका स्विकृत कार्यक्रम संचालन गर्न केहि शिर्षकहरुलाई रकमान्तर, संसोधन र खारेज गर्ने निर्णय पनि गाउँसभाले गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदको अध्यक्षता तथा उपाध्यक्ष नेत्रकलादेबी शाहीको स्वागत मन्तब्यबाट सुरु गरेको सभामा सभाका सदस्य चन्द्रबहादुर बुढाले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक प्रस्तुत गरेका थिए भने अर्का सदस्य प्रकाशबहादुर थापाले बेरुजु पर्छयोट, रामबहादुर थापाले कार्यपालिकाको निर्णय अनुमोदन, पहलवान थापाले आवधिक योजना र चन्द्रबहादुर साउँदले बजेट रकमान्तर बारेको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

सभाको शुन्य समयमा सभाका सदस्य उमाबहादुर बुढा, उद्धवराज उपाध्याय, कर्णबहादुर साउँद, नवराज नेपाली, ललिता नेपाली, सरादेबी ढोली, महाजित बिक र नयाँराम भण्डारी लगायतले सडकहरु स्तरोन्नति, खानेपानी सुधार, शिक्षा क्षेत्रको सुधार, दलित समुदायका माग सुनुवाई हुनुपर्ने र दिर्घरोगीहरुले पाउँदै आएको सुविधान नियमित गराउनुपर्ने लगायतका विषयमा सभाको ध्यानाकर्ष गराएका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *