६ मंसिर २०८३, शनिबार | Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको घरदैलोमा रास्वपा : अछामका सबै वडामा पुग्ने जनसंवाद यात्रा ढकारीबाट सुरु



अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामले जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा पुग्ने गरी जनसंवाद यात्रा सुरु गरेको छ। जिल्लाव्यापी रूपमा सञ्चालन हुने जनसंवाद यात्राको शनिबार ढकारी गाउँपालिका–७ बाट उद्घाटन गरिएको हो।

जनताका घरदैलोमै पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षा सुन्ने उद्देश्यसहित सुरु गरिएको यात्रामा वडा तथा पालिका समितिका पदाधिकारीहरू सहभागी हुनेछन्। ढकारीबाट सुरु भएको यात्रा क्रमशः जिल्लाका सबै स्थानीय तहका प्रत्येक वडामा सञ्चालन गरिने रास्वपाले जनाएको छ।

जनसंवाद यात्राको पूर्वसन्ध्यामा ढकारी क्षेत्रका विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित समस्याबारे स्थलगत अवलोकनसमेत गरिएको थियो। निर्वाचन क्षेत्र समिति सभापति इन्जिनियर जीवन तिमिल्सिनाको उपस्थितिमा ढकारी गाउँपालिका समितिको संयुक्त टोलीले ड्वाङ्ड्वाङे सडक पुल तथा बेतान कर्णाली जलविद्युत् आयोजनालाई अघि बढाउन आवश्यक पहल र दबाब सिर्जना गर्ने विषयमा स्थलगत अवलोकन गरेको थियो।

शनिबार ढकारी–७ मा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र समिति सभापति तिमिल्सिनाले मुलुकमा परिवर्तनको नयाँ ढोका खोल्न रास्वपा विकल्पका रूपमा अघि आएको बताउनुभयो। यो अवसरबाट नेपाली जनाता चुक्न नहुने उहाँको भनाई छ । तिमिल्सिनाले आगामी स्थानीय तह निर्वाचनमा रास्वपालाई अत्यधिक मतसहित विजयी गराउन आग्रहसमेत गर्नुभयो।

पार्टीको विधि र प्रक्रियाअनुसार सञ्चालन गरिएको जनसंवाद यात्रामार्फत स्थानीय नागरिकका वास्तविक समस्या पहिचान गरी जनतासँग प्रत्यक्ष संवाद गरिने जनाइएको छ।

उद्घाटन कार्यक्रममा निर्वाचन क्षेत्र समिति उपसभापति शेरबहादुर थापा, रास्वपा ढकारी गाउँकार्यपालिका समिति सभापति तारा भण्डारी, सचिव तपेन्द्र बुढालगायत विभिन्न वडाका सभापति तथा पार्टीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८३, शनिबार  ९ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *