२६ बैशाख २०८१, बुधबार | May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक स्वास्थ्य केन्द्रमा अबैध जडीबुटी



यो भक्तपुरको सूर्यबिनायक चोकमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र हो । यहाँ ढोकै अगाडी यसैगरी अबैध जडीबुटी बच्ने गरेको भेटिन्छ ।

अरनिको राजमार्ग छेउमै रहेको यो स्वास्थ्य केन्द्रमा जब कार्यालय समय सकिन्छ अनि यी अबैध जडीबुटीका व्यापारी आएर माइकिङ नै गरेर जडीबुटी बेच्छन् । तर उनी संग कुनै आधिकारीकता भने छैन् । त्यसो त सरकारी बिदाको दिन त यहाँ प्राय दिनभर नै उनले आफ्नो अबैध व्यापार चालउछन् ।

छेउमै पाण्डुबजार गेट छ । जहाँ २४ घण्टा नै प्रहरी तैनाथ हुन्छन् । कयौं पटक प्रहरी ओहोदोहोर गरेको देखिएपनि उनीहरु पनि रमिते बनेर हिड्छन् । नियमन गर्ने निकायका व्यक्ति समते त्यहीँ बाटो हिडछन् । उनीहरुले सुन्ने गरेर चर्को ध्वनीमा माइक बजीरहेको हुन्छ ।

तैपनि सबै तै चुप मै चुप भएर हिडिदिन्छन् । त्यसपछि साबुन गलाएर बनाइएको पानी र विभिन्न रङ मिसाइएको झोललाई जडीबुटी भनेर बेच्ने ति व्यापारीले मजाले आफ्नो व्यवसाय चाउदै आएका छन् । उनको व्यापार बारे सोध्दा उनले आफ्नो नाम समेत भन्न मान्दैनन् ।

यतातिर सम्बन्धित नियकायको ध्यान गएन भने गम्भीर रोगका बिरामीले यो अवैध जडीबुटी प्रयोग गरेर अकालमा ज्यान गुमाउनेपर्ने खतरा हुनसक्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *