कैलाली । लम्कीचुहा नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा, घरटहरामा गत २०८० साउन १२ गते डोजर चलायो । रेखांकन गरिएका सार्वजनिक क्षेत्र खाली गर्न भन्दै बिहानैदेखि नगरका प्राविधिक कर्मचारी खटाइए । डोजरमै चढेर मेयर सुशिला शाहीले अवैध भनिएका संरचना भत्काउन निर्देशन दिइन् । नगरपालिकाको वडा नं.१ स्थित पायनियर्स स्कुलको उत्तरतर्फबाट अभियान सुरु गरियो । कर्मचारी, जनप्रतिनिधि, घरधनी,…