धनगढी । डा.गोविन्द केसीले २०औँ अनशन सुरु गरेका छन्। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि ७ बुँदे माग राख्दै सोमबार बेलुका ५ बजेबाट धनगढीमा अनशन सुरु गरेका हुन्। डा. केसीले यसअघि सरकारलाई १४ दिने अल्मिेटम दिँदै सत्याग्रहको मिति दुई साताका लागि सारेका थिए। सरकारी पक्षले माग पूरा नगरेको मात्रै नभई संवाद पनि सुरु नगरेको भन्दै पुनः अनशन सुरु गरेको बताइएको…