सुर्खेत । जुम्लाको दुर्गम गाउँ कनकासुन्दरी–७ मा साधारण किसान परिवारमा जन्मेका खडक बहादुर रोकाया र बछुली रोकायाका जेठा छोराका रूपमा ४३ वर्षअघि बिर्ख बहादुर रोकाया जन्मिएका थिए। गाउँको कठोर जीवन, पहाडको उकालो–ओरालो, गरिबी र अभावबीच पनि उनको बाल्यकाल श्रम र जिम्मेवारीमा बित्यो। ढुस्का सामुदायिक विद्यालयमा अध्ययन गर्दै गर्दा उनले बिहान गाईवस्तु चराउने, घाँस काट्ने, बेलुका…