नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीहरूको नेतृत्वदायी भूमिका रहेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानको निर्माण तथा जारी यिनै दलहरूको नेतृत्वमा भएको हो । राजनीतिक मार्गनिर्देशक सिद्धान्त, साङ्गठानिक मूल्य मान्यता र राजनीति नीति तथा कार्यक्रमहरूमा विविधता भए पनि लोकतान्त्रिक गणतन्त्र र समाजवादी समाजको निर्माणका…