काठमाडौं । एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ। केहीबेरअघि सकिएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेश सभाका लागि २२० उम्मेदवारको नाम टुंगो लगाएको हो । प्रस्तावित नाम भोलि निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ। निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ।…