काठमाडौं । काठमाडौं जिल्ला अदालतमा एक सेवाग्राहीको ३३ लाख रुपैयाँ बराबरको हिराको हार हराएकोमा प्रहरीले सिसिक्यामेराको सहयोगमा फेला पारेको छ । बिहीबार दिउँसो जमुना घलेको हार हराएको थियो । शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा पत्ता लगाएको हो । सो हार एक कानुन व्यवसायीसँग भेटिएको छ । प्रहरी स्रोतका अनुसार अदालतमा सफा गर्ने कामदारले कुनै सामान्य वस्तु…